कोरियामा श्रमीकको नेतृत्व श्रमिकले गर्नुपर्ने
(परदेशी लाइफ डट कम0 सौल,कोरिया। कोरियामा रहेका नेपाली संघ संस्थाको नेत्रित्व श्रमिकले गर्नुपर्ने आवाज बुलन्द हुंदै गएको छ। पछिल्लो समयमा ईपिएस मार्फत कोरिया आएका नेपालीहरूको बाहुल्य भएको र ईपिएसका श्रमिकका समस्या बुझ्न त्यहि क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने कोरियाका बिभिन्न सरोकारवाला निकायहरूको मत रहेको छ। ईपिएसबाट आएका गोर्खाका सचिन भट्टले भने ‘अब कोरियामा बहुसंख्यक श्रमिक छन् उनीहरुका समस्या बिकाराल छ तर बहुसंख्यक ईपिएसका श्रमिक रहेको कोरियाका संघ संस्थाको नेत्रित्व अरुले गर्छन् ‘उनले प्रतिप्रश्न गरे ‘के तिनीहरूले इपिएसका श्रमिकका समस्या समाधान गर्न सक्छ्न्?’यसरी कोरियाका संघ संस्थाको नेत्रित्व इपीएस मार्फत आएका नेपालीले गर्नु पर्ने माग गर्ने भट्ट मात्रै होइनन् यस अघि सार्वजानिक कार्यक्रम मार्फत बिभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले पनी अब कोरियाका संघ संस्थाको नेत्रित्व श्रमिकले गर्नुपर्ने आवाज उंठाउंदै आएका छन्।
हाल दक्षिण कोरियाका संघ संस्थाको नेत्रित्व अबैधानिक नेपालीहरूले गरिरहेको कुरामा धेरैले असहमती व्यक्त गर्दै आईरहेका छन् । एक कोरियाका समाज सेवीले नाम नछाप्ने सर्तमा भने ‘अवैधानिकले संघ संस्थाको नेत्रित्व गर्नु हुंदैन भन्ने त होइन त्यसो हुंदा जटिलता भने छ, किनभने उनीहरू कतिखेर नेपाल जानुपर्ने हो थाहा छैन अनी कसरी संस्था मजबुत हुन्छ?’ उनका अनुसार कतिपय संघ संस्थाका नेतित्वलाई अचानक कोरियन अध्यगमनले समातेर नेपाल पठाउंदा संस्थाको आर्थिक हिसाव कितावमा नै समस्या आउछ ।


No comments:
Post a Comment