Jan 21, 2013

ईपीएसको फेब्रुअरी दोस्रो सातादेखि माग सुरु हुने(काठमाडौं)  रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाले २०१३ का लागि छुट्ट्याएको कोटाअनुसार फेब्रुअरीको दोस्रो सातादेखि माग सुरु हुने भएको छ । कोरियाले रोजगारदाताको ग्रेडिङ गरेर मात्र नयाँ श्रम सम्झौता दिने भएकाले फेब्रुअरीसम्म कुर्नु परेको हो । सन् २०११ मा भाषा परीक्षा उत्तीर्ण भई कोरिया जान योग्यसूची (रोस्टर)मा रहेका करिब ९ हजार नेपाली कोरियाली मागको पर्खाइमा छ ।
कोरियाले रोजगारदाताको वर्गीकरण गर्ने प्रक्रिया टुंग्याएर मात्र नयाँ श्रम सम्झौता दिन्छ । त्यहाँको रोजगार मन्त्रालयले जनवरी २५ सम्मको म्याद तोकेर रोजगारदातासँग कारोबारसहितको निवेदन माग गरेको छ । त्यसपछि मन्त्रालयले विदेशी कामदार लिन सक्ने नसक्ने रोजगारदातालाई वर्गीकरण गर्नेछ । कोरिया लगेर समयमा पारिश्रमिक दिन नसक्ने रोजगारदाता धेरै रहेकाले वर्गीकरण गर्न लागिएको ईपीएस कोरिया शाखाले जनाएको छ । वर्गीकरणमा पर्ने रोजगारदाताले मात्रै विदेशी कामदार माग गर्न सक्नेछन् ।
कोरिया सरकारले फेब्रुअरी १३ भित्र वर्गीकरण सकेर लगत्तै नयाँ श्रम सम्झौता दिन सुरु गर्नेछ । शाखाका अनुसार फेब्रुअरी १४ देखि कृषि र १८ देखि औद्योगिक क्षेत्रतर्फको सम्झौता आउन सुरु हुनेछ ।
कोरियाले २०१३ मा नेपालगायत १५ मुलुकबाट ६५ हजार विदेशी कामदार लिने घोषणा गरेको छ । औद्योगिक क्षेत्रमा ४६ हजार, कृषिमा ९ हजार कामदारको कोटा छुट्ट्याएको छ । १० हजार कोरिया बसी फर्केका विदेशी कामदारलाई मात्र दिइनेछ । तर, यो वर्ष नेपालबाट कति कामदार लिने भन्ने भन्ने कुरा रोजगारदातामै निर्भर रहेको शाखाले जनाएको छ । कोरिया पुगिसकेका कामदारको कार्यसम्पादन र इमान्दारितामा निर्भर हुने शाखाको भनाइ छ ।
नेपालीमा एक कम्पनीबाट अर्काे कम्पनी परिवर्तन गर्ने तथा गैरकानुनी ढंगबाट बस्ने प्रवृत्ति भए माग घट्नसक्छ । सन् २०११ मा कोरियाले १५ हजार ६ सय ७८ नेपालीलाई रोस्टरमा राखेको थियो । तीमध्ये २०१२ मा ६ हजार ३ सयमात्र कोरिया पुगेका छन् । अझै पनि ९ हजारभन्दा बढी कामदार रोस्टरमै छन् ।
कोरिया नेपालको आकर्षक श्रम गन्तव्य मुलुक हो । त्यहाँ मासिक पारिश्रमिक ७० हजार रुपैयाँभन्दा बढी हुन्छ ।
( कारोवार)

Jan 17, 2013

कोरिया अब मार्चदेखि, भाषा परीक्षा यसै वर्ष हुने कोरिया जान भाषा परीक्षा पास गरेर बसेका कामदार मार्चसम्म कुर्नुपर्ने भएको छ। जनवरीको अन्तिम हप्ताबाट श्रम सम्झौता आउने र मार्चबाट जान सुरु हुने (रोजगार अनुमति प्रणाली) इपिएस नेपालले जनाएको छ।

इपिएस नेपालका संयोजक ज्ञाननाथ ढकालले गत वर्ष भाषा परीक्षामा पास भएका सबै कामदार कोरिया जान पाएका थिएनन्। कोरियाले गत वर्ष १५ हजार ५ सय नेपाली लिने घोषणा गरेको थियो। सुरुमा ७ हजारमात्रै कामदार लिने घोषणा गरेकोकोरियाले दोब्बर बनाएको थियो। ‘गत वर्ष पास भएका सबै कामदार पठाउने प्रयास गर्नेछौ , उनले भने, ‘यसका लागि कोरिया पनि सकारात्मक छ।'

गत वर्ष भाषा परीक्षामा पास भएकामध्ये ९ हजार ३ सय ७८ जना जान पाएका थिएनन्। पास भएका सबै नेपालीले फेरि दर्ता र मेडिकल जाँच गर्नुपरेको थियो। एक वर्षअघिको मेडिकल रिर्पोटको मिति सकिएपछि स्वचालित रुपमा कम्प्युटरले रोस्टरमा दर्ता भएको उनीहरुको नाम हटाएको थियो। पास भएकामध्ये ६ हजार ३ सयभन्दा बढीको श्रम सम्झौता आएकामा ५ हजार ६ सय कोरिया गइसकेका छन्। कोरियन जब सेन्टरले भाषा परीक्षा पास गरेका नेपालीको रोस्टर बनाउँछ।

रोस्टरमा भाषा परीक्षामा पास गर्ने व्यक्तिको आवेदन, इपिएस आइडी नम्बर, मेडिकल रिर्पोट, शैक्षिक प्रमाणपत्र, सवारी अनुमतिपत्र लगायत सबै विवरण कम्प्युटरमा राखिन्छ। निजी कम्पनीले कामदारको माग गर्नेबित्तिकै रोस्टरबाट जब सेन्टरले कामदारको सम्पूर्ण विवरण कम्पनीलाई दिन्छ। रोस्टरबाट कामदार छान्ने काम कम्प्युटरले गर्छ। कम्पनीले तीनजना कामदार मागे जब सेन्टरले ६ जनाको सूची पठाउँछ। कम्पनीले ६ जनाबाट तीनजना रोजेर बाँकीलाई पुनः रोस्टरमा राख्छ।

Jan 16, 2013

नयाँ छ सरकार चुपचाप नेपाली ... 

Jan 4, 2013


कोरियामा श्रमीकको नेतृत्व श्रमिकले गर्नुपर्ने

(परदेशी लाइफ डट कम0 सौल,कोरिया। कोरियामा रहेका नेपाली संघ संस्थाको नेत्रित्व श्रमिकले गर्नुपर्ने आवाज बुलन्द हुंदै गएको छ। पछिल्लो समयमा ईपिएस मार्फत कोरिया आएका नेपालीहरूको बाहुल्य भएको र ईपिएसका श्रमिकका समस्या बुझ्न त्यहि क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने कोरियाका बिभिन्न सरोकारवाला निकायहरूको मत रहेको छ। ईपिएसबाट आएका गोर्खाका सचिन भट्टले भने ‘अब कोरियामा बहुसंख्यक श्रमिक छन् उनीहरुका समस्या बिकाराल छ तर बहुसंख्यक ईपिएसका श्रमिक रहेको कोरियाका संघ संस्थाको नेत्रित्व अरुले गर्छन् ‘उनले प्रतिप्रश्न गरे ‘के तिनीहरूले इपिएसका श्रमिकका समस्या समाधान गर्न सक्छ्न्?’
यसरी कोरियाका संघ संस्थाको नेत्रित्व इपीएस मार्फत आएका नेपालीले गर्नु पर्ने माग गर्ने भट्ट मात्रै होइनन् यस अघि सार्वजानिक कार्यक्रम मार्फत बिभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले पनी अब कोरियाका संघ संस्थाको नेत्रित्व श्रमिकले गर्नुपर्ने आवाज उंठाउंदै आएका छन्।
हाल दक्षिण कोरियाका संघ संस्थाको नेत्रित्व अबैधानिक नेपालीहरूले गरिरहेको कुरामा धेरैले असहमती व्यक्त गर्दै आईरहेका छन् । एक कोरियाका समाज सेवीले नाम नछाप्ने सर्तमा भने ‘अवैधानिकले संघ संस्थाको नेत्रित्व गर्नु हुंदैन भन्ने त होइन त्यसो हुंदा जटिलता भने छ, किनभने उनीहरू कतिखेर नेपाल जानुपर्ने हो थाहा छैन अनी कसरी संस्था मजबुत हुन्छ?’ उनका अनुसार कतिपय संघ संस्थाका नेतित्वलाई अचानक कोरियन अध्यगमनले समातेर नेपाल पठाउंदा संस्थाको आर्थिक हिसाव कितावमा नै समस्या आउछ ।

Jan 2, 2013


नेपालको हस्पिटलमा आधुनिक उपकरण खरिद सहयोगर्थ " Gimhae Migrant House " को प्रस्तुती 1974 AD अड्रिन प्रधान र हर्के हल्दार फेब्रुअरी 10 मा कोरिया आउने ।