Mar 2, 2013


फेरि कोरिया जानेको भाषा परीक्षा चैतमा
२० फागुन, काठमाण्डौं । रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरियामा काम गरेर बैधानिक रुपमा फर्किएका कामदारका लागि पुनः भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
ईपीएस अन्तर्गत सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रुपमाले नेपाल फर्किएका कामदारले सो परीक्षामा सहभागी हुन पाउने बताइएको छ ।
ईपीएस शाखाले सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी गराएको हो । ईपीएस शाखाका अनुसार कोरियन भाषा परीक्षामा सामेल हुनका लागि २३ देखि २५ फागुनसम्म फारम भर्ने समय दिइएको छ ।
श्ाखाका अनुसार भाषा परीक्षा आगामी १४ चैतमा हुनेछ । ईपीएस कोरिया शाखाका निर्देशक नारायाणबहादुर थापाले यस बर्ष करिब ५ देखि ७ सयजनाले पुनः भाषा परीक्षा दिने अपेक्षा गरिएको बताए । सन् २०१३ मा तीन चरणमा गरी पुनः भाषा परीक्षा हुने जानकारी गराउँदै थापाले भने, ‘अहिले पहिलो चरणको परीक्षा हुन लागेको हो,’ राजधानी दैनिकमा खबर छ ।
चैत १४ बाट सुरु हुने परीक्षाको नतिजा ३० चैतमा प्रकाशन हुने सो शाखाले जनाएको छ । कोरियाले ईपीएस कोटामा नेपालसहित विभिन्न १५ मुलुकबाट कामदार लिने गरेको छ ।