Dec 28, 2012

  •  आउनुहोस संगै मिलेर मनाउ नयाँ बर्ष 2013,साथै यहाँको वर्षामा चालेका हरेक पाइलाहरुले सफलता चुम्न सकोस येही नै मेरो नयाँ वर्षाको शुभ कामना छ !

Dec 27, 2012


कोरियाको राष्ट्रपति चुनाव पछि ४ श्रमिक नेताद्वारा आत्महत्या



बिहीबार १२ पौष २०६९ : परदेशी लाईफ संवाददाता


थप १ को ज्यान जादा मृत्युको संख्या ५ पुग्यो

कोरियाको राष्ट्रयपतिको चुनाव पछि ४ जना श्रामिक नेता हरुले आत्महत्या गरेका छन । एक जनाको भने घटना सुनेपछि अकस्मात मृत्यु हुदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दक्षिणपन्थि अहिलेको सरकारको श्रमिक नितीको बिरुद्घमा लामो समयसम्म आन्दोलन गरिरहेका ईनिहरुको आसा त्यति खेर सकियो जतिबेला पूर्ब तानासाहि कि छोरिले चुनावमा जितन । तल को चिठ्ठी आफना परिवार र सहकर्मि लाई छोडेर युनियन को अफिसमा झुन्डिएर मरेका ३५ बर्षिय जवान जस्का ७ , ५ बर्षका सन्तान छन उनलाई १ बर्ष कामबाट निकाला गरेर सकिएपछि फेरि चुनाब पछि कंपनिले बेतलबि बिदा दिएको र नयाँ सरकारआएर केहि गर्लाकि भन्ने आसपनि नभएपछि यिनी जस्ता अरु ४ जनाले ज्यानगुमाएका छन।
अब माईग्रेन्ट हरुलाई दासको रुपमा हेर्ने नयाँ राष्ट्रपति ले माईग्रेन्ट श्रमिक हरुकोे स्वतन्त्रतामा पनि आँकुस लगााउने पक्का भएकोछ ।

किम्हे माईगे्रन्ट मिशन पाश्चर यज्ञराज सेवुदी ३ वर्ष ३ अगाडि सोधिएको प्रश्नमा प्रवासीको अधिकार सम्बन्धमा सोधिएको प्रश्नको उत्तर को सम्झना गर्दै भन्छन “प्रवासी मजदुरले नया राष्ट्रपतिबाट आशा गर्ने ठाउ छैन । ”
उनले उत्तर को क्रममा अवैधानिकलाई नियम अनुसार गर्ने भन्दै थप खुकुलो नहुने संकेत गरेकी थिइन ।
कोरियका मजदुरहरु समेत निराश बन्न थालेपछि प्रवासी मजदुरले थप अधिकार पाउन मा आशा घटेको हो ।

Dec 25, 2012

स्याङजालीले फेरि पनि भलिबल उपाधि चुम्यो ! 

सुदूर पूर्बी प्रवासी नेपाली संघ हङकङद्वारा आयोजित प्रथम हङकङ ब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लबले संखुवासभा टीमलाई ३-१ को सेटमा पराजित गर्दै ट्रफी,मेडल र नगद हङकङ डलर ८,१०० हात पार्न सफल भएको छ।

१, टीम सह म्यानेजर प्रितम गुरुङ साथमा क्याप्टेन सूर्य गुरुङ नगद चेक र ट्रफी लिंदै,,, 
२, क्लब अध्यक्ष मोहन (टिला ) गुरुङ साथमा उपाध्यक्ष ईश्वर गुरुङ शिल्ड लिंदै,,,
पर्वत प्रवासी समाजले नयाँ बर्षको शुभकामाना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने
कोरिया
पर्बत प्रवासी समाजले नव बर्ष सुभकामना आदान प्रदान साथै जिल्लाका नव आगन्तुक साथिहरु सँग परिचयात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम फस्ट नेपाल् रेस्टुरेन्टमा आउदो शनिवार डिसेम्बर २९ मा हुन लागेको हो। बेलुका ९:३० बजे सुरु हुने उक्त शुभकामना आदान प्रदान कार्यक्रममा समाजका अध्यक्ष तुल बहादुर पुनले सम्पुर्ण पर्बतेली साथीहरू तथा शुभचिन्तकहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभयो।
  

मितिः२०१२ डिसेम्बर २९
 समयः  साँझ ९:३० बजे
 स्थानः फस्ट नेपाल रेस्टुरेन्ट
 सम्पर्कः०१०६६८५२८०९,०१०४६९४९८२६,०१०८६७१७०४८,०१०९९९६२०७४
                                                                                                            ( 
हेल्लोनेपालकोरिया डट कम)

Dec 23, 2012

 क्रियेटिभ नेपाल द्धारा नयां बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


कोरिया स्थित नेपाली युवाहरुको संस्था क्रियेटिप नेपालको आयोजकत्वमा हिजो नयां बर्ष २०१३ को उपलक्ष्यमा परिचय तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । सिओल तोङ्गदेमुनको फस्ट नेपाल रेष्टुरेन्टमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट बृहत नेपालीहरुको सहभागी रहेको थियो । कार्यक्रममा कोरियाका लागी नेपाली राजदूतावासका उपनियोग प्रमुख राजाराम बर्तोला लगायत, एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी, छापिये छिपका प्रतिनिधी किम दोङ्ग हुन, व्यवसायी एवम समाजसेवी मनोज कार्की आदीले शुभकामना मन्तव्य राख्नु भएको थियो । दोस्रो चरणको कार्यक्रम मा सहभागीहरुले नेपाली गीत तथा संगीतमा नाचेर मनोरन्जन गर्नुका साथै नेपाली स्वादिष्ट परिकार खाएर क्षणिक भएपनि पारिवारिक तृष्णा मेटाउन सफल भएका थिए ।कार्यक्रम क्रियेटिप नेपालका अध्यक्ष सिर्जना नेपालीको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन नेपालीकोरिया डटकमका प्रस्तोता विशाल गहतराजले गरेका थिए ।
                                                                                        

                                                                                        
                                                                                                                                                                        स़ोत;-http://nepalikorea.com

Dec 22, 2012

 शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक़म 
वृस्तित जानकारी को लागि सम्पर्क नं ;-
 010-4972-4567 (सृजना नेपाली)

Dec 4, 2012

 के विदेस मा भएका नेपाली ले तिहार नमनाउने त ???? हेरौ एक झलक कसरि मनाए मेरा साथी हरू ले यस पाली को तिहार !!!!












   देश तथा विदेश  मा रहनु हुने सम्पूर्ण दाजु-भाई तथा दिदी-बहिनि हरु मा  विजया दसमी को मंगलमय शुभ कामना !!!